प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भर्खरै सकिएको छ । बिहान साढे ९ बजेदेखि जारी वार्ता भर्खरै सकिएको हो ।
स्रोतका अनुसार प्रचण्ड–ओलीबीच ‘लञ्च मिटिङ ‘भएको थियो, बैठकपछि प्रधानमन्त्री प्रचण्डले सरकारले आजै पूर्णता पाउने बताए तेसैगरी सभामुखबारे भने विश्वासको मत दिएका नेताहरुसँगको छलफलपछि अघि बढ्ने उनको भनाइ छ।
बालकोट स्रोतको जानकारी अनुसार प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद् विस्तार,सभामुख निर्वाचन र आगामी रणनीतिबारे छलफल भएको छ। शक्ति सन्तुलन मिलाउन भएको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
