युनाइटेड मोदी हाइड्रोपावरले कति प्रतिशत लाभांश दिदै छ ?

२ माघ २०७९, सोमबार १२:४७

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ७.३६८ प्रतिशत लाभांश दिने भएको छ । २९ पुस शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

हाइड्रोपावरको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।