काभ्रेको बनपा नगरपालिकाको वडा नं ४ शेरा महादेव खोला परिसर भुईचँलाडाँडामा चतुरनारायण ब्रम्हाको मुर्ति उद्घाटन कार्यक्रम समापन भएको छ ।
गत पुष ३० गतेका दिन राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा उक्त मुर्तिको उद्घाटन गरिएको हो । उक्त मुर्ति जन श्रमदानको अथक प्रयासमा शैव महायज्ञ बाट आर्थिक संकलन गरि निर्माण गरिएको थियो ।
यस मूर्ति ब्रम्हायणी सामुदायिक बनमा बस्ति नजिकै तर वरिपरिको बस्ति तथा सम्पूर्ण दृश्य अत्यन्त रमणीय स्थानमा रहेको यो ठाँउ पर्यटकीय र धार्मिक दृष्टिकोणले समेत अत्यन्त महत्व राख्दछ ।
