दुर्घटनाग्रस्त विमानमा ३७ पुरुष, २५ महिला, ३ बच्चा र ३ शिशु सवार भएको खुलेको छ

१ माघ २०७९, आईतवार १४:५६

यती एयरलाइन्सले दुर्घटनाग्रस्त विमान सेती खोंचसम्म टावरको सम्पर्कमा आएको जनाएको छ।

दुर्घटनाग्रस्त विमानको जानकारी दिन यती एयरले जारी गरेको विज्ञप्तिमा बिहान १०ः३२ बजे काठमाडौंबाट उडेको यती एअरलाइन्सको 9N-ANC, ATR-72500 वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताएको छ।

विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु सवार रहेको यती एयरलाइन्सले जनाएको छ। जहाँ ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए। ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक छन्।

विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०ः५० बजे सेती खोंच भन्ने स्थानमा सर्म्पकमा रहेको एयरलाइन्सले जनाएको छ ।