माघ २ गते रौतहटमा सार्वजनिक बिदा

३० पुष २०७९, शनिबार १४:४२

माघ २ गते सोमबार रौतहटको गुजरा र चन्द्रपुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाले थारु तथा मगर समुदायको महान पर्व माघीको अवसरमा बिदा दिएको हो ।

चन्द्रपुर नगरप्रमुख सञ्जय कुमार काफ्ले र गुजराका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार जैसवालले छुट्टाछुट्टै सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा माघ २ गते स्थानीय बिदा दिइएको जनाएका छन्।

माघ २ गते थारु समुदायको बाहुल्यता रहेको गुजरा तथा चन्द्रनिगाहपुर क्षेत्रमा विशेष माघी महोत्सव आयोजना हुने भएकाले नगरपालिका अन्तर्गत वडा कार्यालयहरु, विद्यालय र आकस्मिक सेवा बाहेकका स्वास्थ्य संस्थामा उक्त दिन बिदा दिइएको गुजराका मेयर सन्तलाल चौधरीले बताए ।