सिद्धार्थ बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाण्डौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा पौष २८ गते बिहीबार बैंक संचालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो।
साधारण सभाले बैंकको चुक्ता पूँजी रु. १२,५२,४४,२६,८३१ (अक्षरेपी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैँया मात्र) को १२.५० प्रतिशत ।
यस्तै रु. १,५६,५५,५३,३५४ ।– (अक्षरेपी एक अर्ब छपन्न करोड पचपन्न लाख त्रिपन्न हजार तीन सय चौवन्न रुपैंया मात्र) बोनस शेयर तथा ०.६६ प्रतिशत बराबर र रु. ८,२३,९७,५४५ ।– (अक्षरेपी आठ करोड तेईस लाख सन्तानब्बे हजार पाँच सय पैतालीस रुपैंया मात्र) को नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
