नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौँले दिएको पुर्पक्षको लागि थुनामा जाने आदेश विरुद्धको पुनरावेदनको सुनुवाइ बिहीबार पाटन उच्च अदालतमा सुरु भएको छ।
यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको पुनरावेदनमा बिहीबार भने सुनुवाइ सुरु भएको हो।
उनको मुद्दाको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भइरहेको हो। आज नै उनको मुद्दामा आदेश आउने सम्भावना रहेको छ।
उच्च अदालतले जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेमा उनी अन्तिम फैसला नहुँदा सम्म जेलमा नै बस्ने छन्। अदालतले धरौटी या तारेखमा छोड्ने फैसला गरेमा उनी थुना मुक्त भएर अन्तिम मुद्दा लड्ने छन्।
गत कार्तिक १८ गते काठमाडौँ जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।
