कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मासहित थप ३ जना मन्त्रीले आज शपथ लिँदै

२८ पुष २०७९, बिहीबार १३:३२

कर्णाली प्रदेशका  नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले बिहीबार पद तथा गोपनियता शपथ  लिँदैछन् । बिहीबार अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उनीहरू पद तथा गोपनियताको शपथ  लिने कार्यक्रम रहेको छ ।

माओवादी प्रदेश ईन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादीबाट दुई र एमालेबाट एक जना मन्त्रीले बिहीबार शपथ लिनेछन् । मन्त्रालयको विषयमा छलफल सुरु भएको छ।