नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकामानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि लोकतन्त्रको नयाँ भाष्य स्थापित भएको बताए ।‘डेमोक्रेसीको एउटा नयाँँ भाष्य स्थापित गर्नुभएको छ, यसबारेमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला’ उनले भने, ‘नयाँ इन्टरप्रिटेसन छ ।’
ओलीले सोमबार एक कार्यक्रममा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनले गिलास खाली हुँदाहुँदै चिया किन कार्पेटमा पोख्ने भनी टिप्पणी गरेका थिए ।
मंगलबार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सुनाएपछि ओलीले भने ‘कपमै चिया हाल्नुभयो, थ्यांक्यू भेरी मच’ उनले भने ।
