प्रभु इन्स्योरेन्स कम्पनीले कति प्रतिशत लाभांश वितरण गर्दै छ त ?

२५ पुष २०७९, सोमबार ११:३३

प्रभु इन्स्योरेन्स कम्पनीले ७.०५ प्रतिशत लाभांश आफ्ना सेयरधनीहरूलाई दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने २४ पुसमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।