कुन कुन प्रदेशमा कुन कुन दलबाट मुख्यमन्त्री, सभामुख र उपसभामुख बन्दै छन् ?

२५ पुष २०७९, सोमबार ०९:०५

सुदूरपश्चिम र वागमतीमा आलोपालो मुख्यमन्त्रीको नेतृत्व एमाले र माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको छ ।

त्यस्तै, वागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्नेछ । उता मधेस प्रदेशमा पहिलो चरणमा जसपा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्ने छ ।

यस्तो छ भागवण्डा

मुख्यमन्त्री
प्रदेश १ : एमाले
मधेश : जनता समाजवादी र जनमत पार्टी आलोपालो

बाग्मती : माओवादी केन्द्र र एमालेले पालैपालो

गण्डकी र लुम्बिनी : एमाले

कर्णाली : माओवादी केन्द्र

सुदूरपश्चिम : एमाले र माओवादी आलोपालो ।

सभामुख
मधेस, कर्णाली : एमाले सभामुख

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम : माओवादी

बाग्मती : राष्ट्रिय प्रजातन्त्र पार्टी

उपसभामुख
प्रदेश १ र गण्डकी : एमाले

बागमती र कर्णाली : माओवादी

लुम्बिनी : राप्रपा

मधेश प्रदेश : जनमत पार्टी

सुदूरपश्चिम : नागरिक उन्मुक्तिलाई प्रस्ताव