
लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक एल अन्र्तगत ऐतिहासिक वमनस् लिडरसीप मिट ( Women’s Leadership Meet) को कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम कालिमाटीस्थित होटल महाविर प्यालेसमा गर्भनर मणि श्री रत्न वजाचायकोे प्रमुख अतिथ्यता र तारा भुसालको अध्यक्षता शनिबार भएको थियो । सो कार्यक्रम धनु सिङजाली, मनमाया लालचन र तारा भुसालले आयोजना गरेका थिए ।
सो कार्यक्रममा महिला सशक्तिकरणको बारेमा वन्धना राना र शष्मा शर्माले तालिम दिइएका थिए । कार्यक्रममा महिला पूर्व गर्भनर डा.शुशिला मल्ल, भुगोल शेरचन, इन्दु लम्साल, शुष्मा शर्मा र एवि वजार्चायलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा महिलाहरु कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा बताइएको थियो ।
कार्यक्रमको सञ्चालन धनु सिङजालीले गरेकी थिइन् ।




