लगानीकर्ताहरुलाई सेयर बजार बारे सिकाउने उद्देश्य लिएर संदेशमुलक गीत युट्युबमा सार्वजनिक भएको छ । भिजन सेक्युरिटिज पा.लिका अध्यक्ष राजकुमार तिमिल्सिनाको अवधारणामा उक्त गित बनेको हो ।
गीतको बोल ‘सेयर बजार सिक्नलाई अघि बढौं हुन्न लजार’ रहेको छ । भिडियो शुक्रबार युट्युबमा अपलोड भएको थियो । यस भिडियोमा सेयर बजारमा लगानी गर्नु अघि जान्नुपर्ने कुराहरु, बजारमा लगानी गर्दा हुने जोखिम र फाइदा, ब्रोकर, बैंक, मर्चेन्ट बैंक लगाएत अन्य निकाएको भुमिकाको बारेमा बताइएको छ ।
लगानी गर्दा वित्तीय साक्षरता कति आवश्यक पर्छ भन्ने मुल उद्देश्य लिएर उक्त गीत बनाइएको हो । यसमा स्वर लोकनाथ सापकोटा र टिका पुनको रहेको छ । लगानीकर्तालाई गीतको माध्यमबाट सिक्नलाई रुची हुन्छ भन्ने उद्देश्यले भिडियो फर्ममा कन्सेप्ट बनाइएको तिमिल्सिना बताउछन् । उनले भने, ‘लगानीकर्ता सचेतना कार्यक्रमहरुमा आफू धेरै इन्भल्ब पनि भइयो । पढ्ने काम भनेको सबै मान्छेलाई गाह्रो लाग्छ । तर गीतको माध्यमबाट यसरी गर्दा मान्छेलाई सिक्नलाई अझै रुची हुन्छ।’
उनले यस गीतमा निकै राम्रो प्रतिक्रिया आएको बताए । ‘फिडब्याक निकै राम्रो आएको छ । यसमा नयाँ लगानीकर्तालाई सिकेर बुझेर के गर्नु पर्छ कुन मर्चेन्ड बैंकले के काम गर्छ । कहाँबाट सिक्न पाइन्छ भन्ने कुराहरु भनिएका छन् । नयाँ लगानीकर्तालाई धेरै फाइदा जनक छ । पुरानाको हकमा पनि सन्देश मुलक भएको हुनाले त्यहाँ दिएको सन्देशहरुलाई फलो गर्दा अझै प्रभावकारी रुपमा लगानीको प्रतिफल प्राप्त गर्नलाई सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा हो’, उनले भने ।
उनले भविष्यमा यस्तो खालको भिडियो अरु पनि आउन सक्ने बताए । उनले भने, ‘भिजन सेक्युरेटिजले पनि बनाउन सक्छ । यस्तै अरु कुनै कम्पनीसँग पनि मिलेर बनाउन सकिन्छ । सर्ट क्लिप टाइपका अरु सूचना मुलक भिडियो बनाउन सकिन्छ । यो कामहरु हाम्रो दायित्व भित्र पर्ने हुँदा हामी त्यो काममा लाग्छौ।’ नेपालमा वित्तीय साक्षरता दर कम रहेको बेला यस्ता संदेश मुलक भिडियोहरुले नयाँ तथा पुराना लगानीकर्ताहरुलाई बजार बारे नजानेका कुरा सिक्नलाई सहज हुने देखिन्छ ।
सेयर बजारको बारेमा सामान्य ज्ञान पनि नुहँदा धेरै लगानीकर्ताहरुले आफ्नो लगानी गुमाउनु परेको छ । बजारमा लगानी गर्छु भनेर आउने नयाँलाई यसबारे थाहा नहुँदा उनिहरु बजार प्रवेश गर्न सकिरहेका छैनन् । यसरी सांगितिक तरिकाले ज्ञानमुलक भिडियो अरु पनि बन्ने हो यसले वित्तीय सक्षरता दर बढाउने सक्ने देखिन्छ ।
