गायक राजेश पायल राईले राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई सहयोग गर्दै

२४ पुष २०७९, आईतवार १४:१५

चर्चित गायक राजेश पायल राईले राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ जापानमा हुने कार्यक्रममा सांगीतिक प्रस्तुती दिने भएका छन् ।

गायक राई अहिले सांगीतिक प्रस्तुती दिनका लागि जापानमा रहेका छन् । राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ नेपाल आदिवासी जनजाति महासंघ जापानले आयोजना गरेको नेफिन जापान सांस्कृतिक साँझ २०२३ को लागि गायक राईले प्रस्तुती दिन लागेका हुन् ।

गायक राईसहितको टोलीले जापानको फुकुओकामा जनवरी ७, नागोयामा जनवरी ८, चिबामा जनवरी १४, टोकियोमा जनवरी १५ र ओकिनावामा जनवरी १८ मा हुने कार्यक्रममा सांगीतिक प्रस्तुती दिने छन् ।

सांगीतिक कार्यक्रमबाट प्राप्त हुने रकम महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जापान अध्यक्ष सन्जिव राईले जानकारी दिए ।