बाम एकताको लागि कार्यदल गठनको कमाण्डमा कृष्णबहादुर महरा

२४ पुष २०७९, आईतवार १३:२८

प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले बाम एकताको लागि कार्यदल गठन गरेको छ। शनिबार बसेको माओवादीको केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको कमाण्डमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल, शक्ति बस्नेत र जनार्दन शर्मा रहेका छन्। अघि नै एकीकृत समाजवादीले पनि वार्ता टोली गठन गरिसकेको छ।