चर्चित अभिनेत्री पूजा शर्माले आफ्नो प्रेमीलाई भगवानले दिएको उपहार भएको बताएकी छन् ।
अभिनेत्री शर्मा केही समयदेखि व्यवसायी युद्ध बानियाँसँग प्रेम सम्बन्धमा रहेकी छिन् । उनीहरुले यो प्रेमजोडीलाई भविष्यको योजना समेत बनाइरहेका छन्। उनीहरुले खुलेरै सामाजिक सञ्जालमा आफनो प्रेम प्रदर्शन पनि गरिरहेका छन् । आइतबार अभिनेत्री शर्माले जन्मदिन मनाइरहेका युद्धलाई बर्थडे शुभकामना दिंदै उनले प्रेमीलाई भगवानले दिएको उपहार भएको बताएकी हुन् ।
अभिनेत्री शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, ‘जन्मदिनको शुभकामना । तिमी मेरो सबैभन्दा राम्रो उपहार हौ, जसलाई भगवानले मलाई दिनुभएको छ । म तिमीलाई सधैंभरि माया गर्छु । तिमी मेरो जीवनमा त्यतिबेला आयौ जब म पूरै टुटेको थिएँ । तिमी नै मेरो मुहारको मुस्कान, मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुसीको कारण हौ ।’
युद्धलाई पूजाको यो बर्थडे स्टाटसले नै स्पष्ट पार्छ कि उनीहरु भावनाको गहिराइमा डुबेका छन् । जन्मदिन शुभकामनासँगै पूजाले प्रेमीसँगका रोमान्टिक तस्वीर पनि सेयर गरेकी छन् जहाँ उनीहरु रमाएका देखिन्छन् । युद्धले पूजा र आफ्नो तस्वीर अंकित टिसर्ट पनि लगाएका छन् । पूजाको उक्त पोस्टमा अभिनेत्री श्वेता खड्काले ज्वाईंसाहेब भन्दै शुभकामना दिएकी छन् ।
