नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीभित्रको टीके प्रथाको बारेमा मुख खोलेका छन् ।नेताको अघिपछि गर्ने गणेश प्रवृतिका कार्यकर्तलाई टीका लगाउँदै नेतृत्व घोषणा गर्ने परिपाटीले जरा नै गाड्ने अवस्था सिर्जना हुन लागेको बेलामा पोलिटब्यूरो सदस्य बाँस्कोटाले मुख खोलेका हुन ।
संगठनमा कार्यक्षमता प्रदर्शन गर्नेभन्दा पनि नेताको अगाडि र पछाडि गरेर धनुष्टंकार शैली प्रदर्शन गर्नेहरू पुरस्कृति हुँदैजाँदा इमान्दार कार्यकर्ताहरू भने पछि परेका छन । पछिल्लो समय नेताको पछि लागेर पद हत्याउने तर संगठन चलायमान बनाउनुको साटो सुनसान बनाउने प्रवृति बढेपछि बाँस्कोटाले यसकाबारेमा मुख खोलेका हुन ।
बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत उनले टीके प्रवृतिका संगठनका नेताहरूलाई उनीहरूको भूगोलमा पार्टीको अवस्था हेर्न र मूल्यांकन गर्न चुनौति दिएका छन । उनले भनेका छन, ‘अरुको त थाहा छैन। तर एमाले पार्टीको भिमकाय कमिटी,सम्झनै कठीन पदीय लुर्कानाको लर्को,कयौं संगठनमा दशौंवर्ष सम्म गर्न नपर्ने अधिवेशन र तीनले अन्तको पदचाप थेग्ने कुरा छोडौ आफ्नै संगठन र भुगोलका वडामा टिकाएको मतभार हेर्ने हो भने संरचनामा ठुलो परिवर्तनको आवश्यकता भैसक्यो।’
