‘डिसेम्बर फल्सलाई किन दर्शकले रुचाएनन् ?

२१ पुष २०७९, बिहीबार ११:३६

गत शुक्रबार रिलिज भएको फिल्म ‘डिसेम्बर फल्स’ले सोचे अनुसारको व्यवसाय गर्न सकेको छैन । उक्त फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको थियो । तर फिल्मको व्यवसाय सुखद बन्न सकेन ।

रिलिजको ७ दिनसम्म पनि हलमा दर्शकको खासै चाप देख्न सकिन्न । जसका कारण फिल्मको बक्स अफिस कलेक्सन सोचेजस्तो नभएको सजिलै अनुमान गर्न सकिन्छ ।

फिल्म प्रचारका समय निर्माता रामप्रसाद रिजालले यो ‘डिसेम्बर फल्स’ पनि चलेन भने अब फिल्म नै नबनाउने बताएका थिए । तर, उनले अहिले ‘डिसेम्बर फल्स २’ बनाउने चर्चा चलिरहेको छ ।

अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको ‘डिसेम्बर फल्स’ कर्मसियल फिल्मको रूपमा निर्माण हो । यस अगाडि ३ फिल्म सुपर हिट दिएकी उपासनालाई नेपाली फिल्मकी लक्की नायिका समेत भन्न थालिएको थियो । तर फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गर्न नसक्दा उपासना आर्यनका लागि लक्की भने साबित हुन सकिनन् ।

आर्यनले समेत फिल्मका लागि निक्कै मिहिनेत गरेका थिए । फिल्म रिलिज अगाडि प्रचारमा समेत निकै दौडधुप गरेका आर्यनले फिल्म दर्शकले रुचाउने र आफ्ना लागि लक्की साबित हुने दाबी गरेका थिए । आर्यनको दाबी दाबीमै मात्र सीमित रहन पुगेको छ ।