एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै छलफल गरेपछि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन । ओली र भण्डारीको बीचमा बुधबार बिहान भेटवार्ता भएको हो ।
ओली राष्ट्रपति भेट्न बुधबार बिहान शतिल निवास पुगेका थिए । ओलीले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल गरेको बुझिएको छ । ओलीले करिब दुई घन्टा राष्ट्रपति भवनमा बिताएका थिए । एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीको यो छलफललाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।
