नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत नोना डोप्रेजको टोली बुधबार बिहान बालुवाटार पुगेको थियो ।
प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो ।
अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने राजदूत डोप्रेजले बताएका छन्।
