प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईको शपथ आज हुने भएको छ ।
आले र राईको शपथग्रहण मङ्गलवार दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
गत पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई छुटेका थिए ।
आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले पुस ७ गते शपथ लिन सकेका थिएनन् । उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउनेछन् ।
पुस ७ मा शपथ ग्रहण गर्न छुटेका अन्य दुई जना सांसद महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते नै शपथ लिइसकेका छन् ।
