मन्त्री श्रेष्ठ पुगे आकस्मिक यातायात कार्यालयमा

१९ पुष २०७९, मंगलवार ११:०६

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक अनुगमन गर्न पुगेका छन् ।

यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा आएको उनका प्रमुख स्वकीय सचिव विजय गौतमले बताए ।

मन्त्री श्रेष्ठले कार्यालय प्रमुखसँग कामको प्रगतिबारे जानकारी लिनाका साथै र सेवाग्राहीहरुको गुनासा सुनेका छन् । मन्त्री श्रेष्ठको अनुगमन जारी छ ।