गोकर्ण उपाध्याय गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा नियुक्त

१९ पुष २०७९, मंगलवार १०:५२

गोकर्ण उपाध्याय उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा नियुक्त भएका छन् । उपाध्यायलाई गृहमन्त्री लामिछानेले आफ्नो निजी सचिवमा नियुक्त गरेका हुन् ।

गृह मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन शाखामा उप–सचिव उपाध्याय कार्यरत छन् । निजामति तर्फको कर्मचारी प्रशासनको जिम्मेवारी समेत पूरा गर्नेगरी उनलाई निजी सचिवमा नियुक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।