रमेशराज अर्याल कुमारी बैंकको सीईओमा नियुक्त

१८ पुष २०७९, सोमबार १२:५६

रमेशराज अर्याल कुमारी बैंकको सीईओमा नियुक्त भएका छन् ।

एनसीसी बैंकसँग मर्ज भई हिजोबाट कुमारी बैंकका नाममा एकीकृत कारोबार शुरु भएपछि उक्त बैंकको सीईओमा अर्याल नियुक्त भएका हुन् ।
मर्जर सम्बन्धी सहमति अनुसार नै हिजो बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल यसअघि एनसीसी बैंकको सीईओ थिए ।