अभिनेता विपिनले किन बलिउड फिल्म एनिमलमा काम गरेनन् त ?

१८ पुष २०७९, सोमबार ११:३३

अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा एनिमल’ अभिनय नगर्ने भएका छन् ।

विपिनले अन्य फिल्म र ‘एनिमल’को छायांकन सेड्युल जुधेकाले बलिउडमा काम नगर्ने बताएका छन्। केहीसमय अघि विपिन बलिउड फिल्म ‘एनिमल’मा काम गर्न भनेर मुम्बइ पुगेका थिए । अन्य फिल्म र ‘एनिमल’को छायांकन सेड्युल जुधेपछि अभिनेता विपिन नेपाल फर्किएका थिए्।

नेपाल फर्किएपछि भने विपिन अहिले नेपाली फिल्म ‘प्रसाद २’को छायांकनमा ब्यस्त छन्। कास्कीमा ‘प्रसाद २’को छायांकन चलिरहेको छ। यहि समयमा ‘एनिमल’को छायांकन परेकाले आफूले काम गर्न नसक्ने कुरा निर्देशक सन्दीप रेड्डी भांगालाई जानकारी गराएको विपिनले बताए।

विपिन भन्छन् ‘उहाँहरुले ६ दिन भित्र आउन भन्नु भएको थियो। प्रसाद २ ६ दिनमै छोडेर हिड्ने अवस्था छैन् ।’ उनले नेपालमा फिल्म सुटिङमा ब्यस्त भएको बताएको सहमतिमै फिल्म नगर्ने निधो गरेको विपिनले बताएका छन्।