प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्।
पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा आज आइतबार पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिकरूपमा उद्घाटन गरेका हुन्। कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको उपस्थिति रहेको छ ।
यसअघि पोखरा क्षेत्रमा हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रहेको छ ।
