राप्रपा सरकारमा जानुपर्ने धेरै नेताहरुको धारणा, अब राप्रपा के गर्ला ?

१३ पुष २०७९, बुधबार १६:४१

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको धेरै नेताले सरकारमा जानुपर्ने धारणा राखेका छन् ।

बुधबार पार्टी कार्यालयमा बसेको बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा जानुपर्ने धारणा राखेका एक नेताले जानकारी दिए । यसअघि पदाधिकारी बैठकबाट सरकार गठनमा सहयोग गर्ने निर्णय गरेको राप्रपाले सरकारमा जाने नजाने विषयमा छलफल गर्न बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार कार्यसम्पादन समितिका ९० प्रतिशत सदस्यले सरकारमा सहभागी हुनुपर्ने राय दिएका छन् । यद्यपि बैठक नसकिएकाले निर्णय नभएको ती नेताले बताए ।