प्रधानमन्त्री प्रचण्ड बुधबार सरकारी निवास बालुवाटारमा सर्ने

१३ पुष २०७९, बुधबार १३:०३

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । उनी अपराह्न ५ बजे बालुवाटार सर्ने तय भएको सचिवालयले जनाएको छ ।

निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएका थिए । देउवाले निवास खाली नगराउँदा उनको शपथमा ढिलाइ हुँदै आएको थियो ।

देउवाको बूढानीलकण्ठस्थित निवास मर्मतको कार्य चलिरहेकाले उनी भाडाको घरमा बालुवाटारबाट सरेका हुन् ।