अर्थमन्त्रीमा विष्णु पौडेल दोहोरिएपछि उत्साहित बनेका लगानीकर्ताले सोमबार र मंगलबार बजारको क्रय शक्तिलाई बढाएका छन् ।
लामो समयदेखि सुस्ताइरहेको बजारमा निष्क्रिय बनेका लगानीकर्ता पनि अर्थमन्त्रीमा पौडेल आएसँगै बजारमा पसेका हुन् । यसरी मौसमी लगानीकर्ता हावी भएसँगै मंगलबारको बजार प्रि–ओपनिङ सेसनमा नै नेप्से दोहोरो अंकले बढ्न पुग्यो । त्यसयता निरन्तर बढिरहँदा लगानीकर्ता जलविद्युत्, माइक्रो फाइनान्सलगायतका कम्पनीको शेयर किन्न लालायित देखिएका छन् ।
मैलुङ खोला जलविद्युत्, हिमाल दोलखा हाइड्रोपापवर, तेह्रथुम पावर, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, अपि पावर कम्पनी टप डिमाण्ड कम्पनीमा परेका छन् । जलविद्युत्बाहेकका नेपाल दूरसंचार कम्पनी, सानिमा इक्विटी फण्ड, हिमालयन एभरेस्ट इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक र निफ्रा टप डिमाण्ड भएका कम्पनीहरूभित्र परेका छन् । यी कम्पनीहरूको शेयर किन्नका लागि लगानीकर्ताको चाप अन्य दिनभन्दा बढी देखिएको छ ।
