कांग्रेसको असफलतामा एमालेको सफलता

१० पुष २०७९, आईतवार १७:५७

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बहुमतको साथमा दुई कार्यकाल प्रधामन्त्री बन्ने भएका छन् । उनलाई प्रधानमन्त्री बन्नको लागि १६६ जना सांसदको समर्थन रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज ५ बजेसम्मको समय दिइएकी थिइन् । सो समयमा सरकार गठनको लागि सत्ता गठबन्धनका दलहरुबी पटक पटक बैठक बस्दा पनि सहमति जुट्न सकेको थिएन् । सहमति जुट्न नसक्नुका कारण प्रधामन्त्री पद रहेको थियो । माओवादीका अध्यक्ष प्रचण्डको अडान पहिले चरणको प्रधामन्त्री म बन्नु पर्छ भन्ने थियो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अडान म बन्नु पर्छ भन्ने यिथो ।

यसैक्रममा कांग्रेसका नेता विमलेन्द्र निधी बिहान प्रचण्ड निवास खुमलटार पुगेर कांग्रेसले प्रधानमन्त्री राष्ट्रपति दुवै नछोड्ने बताएका थिए । नेता निधीले यस्तो बताएपछि प्रचण्ड निर्णायक छलफल गर्न बालुवाटार पुगेका थिए । बालुवाटारको बैठकको छलफलमा सहमति जुट्न नसकेपछि प्रचण्डले गठबन्धन टुटेको बताउदै बैठकबाट बाहिरिएको थिए ।

बैठकबाट बाहिरिएका प्रचण्ड बालकोट पुगरे नेकपा एमालले अध्यक्ष केपी शर्मा ओलीसंग सरकार गठनको विषयमा छलफल गरेका थिए । उक्त छलफलबाट पहिलो चरणको दुई कार्यकालको प्रधानमन्त्री प्रचण्ड र बाँकी ती कार्यकालको प्रधानमन्त्री ओली बन्ने सहमति भएको छ । उक्त सहमतिमा १६६ सांसदहरुले हस्ताक्षर गरेका छन् ।

राजनीतिक दल बालकोट केन्द्रित हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सो बैठकमा सहभागी भएका थिए। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जनाको मत आवश्यक पर्छ। बालकोट बैठकमा सहभागी सबै दल मिलाएर सो संख्या कट्छ।

प्रतिनिधिसभामा एमालेको समानुपातिकमा ३४ र प्रत्यक्षको ४४ गरि ७८ सिट छ भने माओवादी केन्द्रको प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरि ३२ सिट छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरि २० सिट, राप्रपाको प्रत्यक्षमा ७ र समानुपातिकमा पनि ७ गरि १४ सिट, जनता समाजवादी पार्टी प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरि १२ सिट र जनमत पार्टीको समानुपातिकमा ५ र प्रत्यक्षमा १ गरि ६ सिट छ। यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने बुझिएको छ। नागरिक उन्मुक्ति पार्टीसँग ४ सिट छ।