नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाबीच भइरहेको छलफलमा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि सहभागी भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दुई नेताबीच भइरहेको ‘वान टु वान’ वार्ताको क्रममा अध्यक्ष नेपाल प्रवेश गरेका छन् ।
प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्र निधीले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने बताएका थिए । निधीको भनाइपछि निर्णायक छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।
अहिले भइरहेको देउवा प्रचण्डको छलफलबाट गठबन्धन रहने कि नरहने भन्ने टुंगो लाग्ने बताएको छ ।
