आफ्ना प्रतिस्प्रधिहरुप्रति निक्कै आक्रमक देखिने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचन परिणाम पछि नरम देखिन थालेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट चुनाव जिते लगत्तै ओली आफैले फोन गरेर प्रचण्डलाई बधाई तथा शुभकामना दिएका थिए । यसपालिको निर्वाचनको परिणाम कुनै पनि कम्युनिष्ट दलका लागि राम्रो थिएन् ।
निर्वाचन परिणामबाट असन्तुष्ट कम्युनिष्ट दलहरुलाई नयाँ सत्ता समिकरण बनाउनका लागि वातावरण अनुकुल रहेको देख्न सकिन्छ । समानुपातिकमा मत घटेको एमाले र माओवादी नयाँ सम्भावना खोज्ने दाउमा छन्, भने नेकपा एस नि त्यति सन्तुष्ट देखिदैन । नयाँ राजनितिक दलहरुको उदयलाई कसरी हेर्ने भन्ने अन्योल सबै राजनितिक दलहरुमा छ भने आफ्नो भोलिको उपस्थिति कस्तो रहने भन्ने चिन्ता प िउतिकै छ ।
यी सबै प्रतिकुलताहरु चिर्दै नेकपा एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई सत्ताको कार्ड तेर्साएका छन्, भने नयाँ नेताहरुमार्फत माओवादी ुसँग भेटवार्ताका क्रमहरु जारी राखेका छन् । सत्ता समिकरणका लागि आवश्यक सित माओवादी आफैसंँग नरहे पनि अध्यक्ष प्रचण्ड सत्ताका अब्बल खेलाडी रहेकाले सत्ता सहकार्य गर्नका लागि माओवादी नै एमालेको पहिलो रोजाइ भएको मान्न सकिन्छ ।
नेकपा एमाले हर प्रयाुसमा सत्ता आफ्नो नेतृत्वमा निर्माण गर्नका लागि साना ठूला सबै दलहरुसँग भेटवार्ता गरिरहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरूले सपथ लिएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए।
एमालेबाट आएको प्रस्तावबारे अध्यक्ष प्रचण्डले माओवादीको बैठकमा जानकारी गराएका थिए । बिहीबार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा ओलीबाट सरकारमा सहकार्यबारे प्रस्ताव आएको भन्दै प्रचण्डले ब्रिफिङ गरेका थिए।
