सांसदहरूले सपथ लिएकै दिन फेरि गरे प्रचण्डलाई ओलीले प्रस्ताव

८ पुष २०७९, शुक्रबार ०८:५३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरूले सपथ लिएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् ।

एमालेबाट आएको प्रस्तावबारे अध्यक्ष प्रचण्डले माओवादीको बैठकमा जानकारी गराएका थिए । बिहीबार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा ओलीबाट सरकारमा सहकार्यबारे प्रस्ताव आएको भन्दै प्रचण्डले ब्रिफिङ गरेका थिए।

बैठकमा प्रचण्डले ओलीबाट प्रस्ताव आएको तर स्वीकार गर्नेबारे पार्टीमा छलफल गर्ने बताएका थिए । बैठकमा प्रचण्डले बुधबार ओलीसँग शीतल निवासमा ज्येष्ठ संसदलाई शपथ दिने कार्यक्रममा भेट हुँदा उक्त प्रस्ताव गरेको बताएका थिए ।

बैठकमा प्रचण्डले एमालेको प्रस्तावमा तत्काल ध्यान नदिने सत्ता गठबन्धनमै सकेसम्म मिलाउनुपर्ने बताएका थिए । ओलीले तपाईं हामी अब मिलेर जाँदा उपयुक्त हुन्छ भनेको प्रचण्डले ब्रिफिङमा बताएका थिए।

माओवादी पदाधिकारी बैठकले अहिलेलाई गठबन्धनभित्रबाटै सरकार बनाउन पहल गर्न्ने निष्कर्ष निकालेको छ।