नबिल बैंकले ५ शाखा कार्यालयहरु सार्दैै, कुन शाखा कहाँ सार्दै ?

७ पुष २०७९, बिहीबार १६:१४

नबिल बैंक लिमिटेडले विभिन्न स्थानमा संचालनमा रहेका ५ शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ ।

२०७९ पुष ११ गतेदेखि शाखा कार्यालय, लकर नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको बैंकले जनाएको छ । पाँच शाखाहरूमा काठमाडौं कागेश्वरी मनोहरा, ९ मा संचालनमा रहेको शाखा भक्तपुर थिमि नगरपालिका ७ मा स्थानान्तरण हुने भएको छ । त्यस्तै मैतिदेवी २ रहेको शाखा कार्यालय नरेफाटमा स्थानान्तरण गर्ने भएको छ ।

घोराही १५, दाङमा रहेको शाखा घोराही १० नारायणपुरबाट स्थानान्तरण हुने भएको छ । काठमाडौं २३ धर्मपथमा रहेको शाखा काठमाडौं १८ भेडासिङमा स्थानान्तरण गरिने भएको हो । यस्तै ललितपुर ५ कुमारीपाटिमा रहेको शाखा कार्यालय भने ललितपुर १० चापागाउँमा स्थानान्तरण हुन लागेको छ ।

बैंकले काँडाघारीमा संचालनमा रहेका लकर तथा खाता सेवा भने ५ सय मिटर पर कागेश्वरी मनहरा नगरपालिका ९ मा स्थानान्तरण गरिएको छ । मैतिदेवीमा रहेको लकर सेवा ५ सय मिटर पर मैतीदेवी ९, घोराहीको सेवा ३ सय मिटर पर घोरही उपमहानगरपालिका १५, न्यूरोड खिचापोखरीको ४ सय मिटर पर कामापा २४ र कुमारीपाटीमा रहेको लकर तथा खाता सेवा ८ सय मिटर पर ललितपुर ५ मा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।