आफ्ना प्रतिद्धन्दीहरु प्रति निक्कै आक्रमक देखिने गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएसँगै शुभकामनाका निम्ति बधाई दिदै फोन सम्पर्क गरेका थिए ।
सहजै सो फोन वाताको आश्य बुझ्न सकिन्थ्यो । एमाले, माओवादी र नेकपा एसको निम्ति निर्वाचन परिणाम असहज महसुस गराउने खालको छ भनेर । निर्वाचन अघिसम्म पानी बाराबारको स्थितिमा रहेका कम्युष्टिहरुलाई निर्वाचन परिणामले भने भेटवाताको टेबुलमा बस्ने सम्मको स्थिति बनाएको छ ।
नेकपा माओवादी केन्द्र निक्कै शान्तिपूर्ण ढंगबाट सम्भावनाको खेलहरु नियालिरहेको छ भने दुवै ठूला दल नेकपा माओवादीलाई रिझाउन लागि परेका छन् । नेकपा एमाले र नेकपा माओवादीका दोस्रो तहका नेताहरु सरकार समिकरणबारे एकातर्फ गहिरो छलफलमा छन् भने पाँच दलीय गठबन्धनको टेबल मार्फत माओवादी अध्यक्ष प्रचण्ड भने सरकारको पहिलो चरणको नेतृत्व आफूले पाउनु पर्ने दावी गरिरहेका छन् ।
निक्कै कुटनितिक ढंगबाट अगाडि बढिरहेको माओवादीसँग एमालेका सहकार्यको सम्भावना भने दिनप्रतिदिन घट्दै गइरहेको छ । एकातफृ पाँच दलीय गठबन्धनकै सरकार बन्ने सहमति गठबन्धनमा हुनु र अर्काे तर्फ पाँच दलीय गठबन्धन बलियो खम्बा कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतमा निर्वाचित भएसँगै एमालेको माओवादी रिझाउने सम्भावना सकिएको छ ।
संसदीय खेल सम्भावनाको खेल हो माओवादी अध्यक्षले चाहे जस्तै गठबन्धनको तर्फबाट सरकारको नेतृत्व पाउछन् वा पाउदैनन् त्यो भने हर्न बाँकी छ । एमालेले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गरिहाल्यो भने के हुन्छ ? भन्ने चाँहि अझै हेर्न बाँकी छ ।
