मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २३ प्रतिशत बोनस सेयर वितरण गर्ने

७ पुष २०७९, बिहीबार ११:३५

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७७–७८ मा अन्य दुई लघुवित्त कम्पनीलाई एक्वायर गरी एकीकृत कारोबार सुरु गरेकाले सेयरधनीहरुलाई बोनस सेयरमा कर नलाग्ने भएकाले नगद लाभांश भने नछुट्याइएको मिर्मिरेले जानकारी गराएको छ ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र मिर्मिरेको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।