नागरिक उन्मुक्ति पार्टीका सांसदले थारु भाषामा शपथ लिँदै

७ पुष २०७९, बिहीबार ११:१७

नागरिक उन्मुक्ति पार्टीका सांसदले पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको प्रक्रिया अगाडि नबढाइए शपथसमेत नखाने बताए पनि अन्ततः शपथ लिने भएका छन् ।

शपथ नखाए सांसदको औपचारिक मान्यता नपाइने भएकाले पार्टी केन्द्रीय समितिको बैठक बसी शपथ खाने निर्णय लिएको नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले बताइन् ।

पार्टीका ३ जना सांसद रन्जिता श्रेष्ठ चौधरी, अरुण चौधरी, गंगा चौधरी तथा पार्टीले समर्थन गरी जितेका स्वतन्त्र सांसद लालवीर चौधरी थारु भाषामा शपथ लिँदैछन् । अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार पार्टीबाट हालसम्म कुनै गठबन्धनलाई समर्थन गर्ने, सरकारमा जाने निर्णय गरिएको छैन ।