नेपाली कांग्रेसको बुधबार भएको संसदीय दलको नेताका चुनावी नतिजालाई लिएर कलाकार दीपक राज गिरीले व्यंग्य गरेका छन् ।
उनले सामाजिक सञ्जालमा व्यंग्य गर्दै लेख्छन्, ‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो । घाँस खान छोडेर परालतिर जान्छ कोही ?’
संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा भएको थियो । देउवा ६४ मत ल्याएर विजयी हुँदा थापाले २५ मत पाए ।
कांग्रेस संसदीय दलको नेताको यो चुनावलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक टीकाटिप्पणी भइरहेको थियो भने धेरैले यसलाई चासोको रुपमा लिएका थिए ।
कांगे्रसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा छ । तर देउवालाई चुनौती दिंदै थापाले उम्मेदवारी दिएपछि चौतर्फी चासो थियो । कलाकारले समेत यसप्रति चासो राखेका थिए ।
