अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समयमा सबैले रुचाएकी नायिका हुन्, । उनले ‘ड्रिम्स’फिल्म बाट चलचित्रक्षेत्रमा डेब्यु गरेकाी थिइन् । उनी उक्त चलचित्रबाट दर्शकले निकै रुचाएका थिए ।
शाहलाई फिल्ममा लिन निर्माता निर्देशकको भिड लाग्ने गर्छ । नयाँ निर्देशकदेखि नायकसँग काम गर्न रुचाउने उनले अनमोल केसी, सलिनमान बनियाँ, पुष्प खड्कादेखि जीतु नेपालसँम्म गरेर थुप्रै हिरोसँग काम गरिसकेकी छिन् ।
फिल्म ‘लण्डन टू पेरिस’ उनी नव अभिनेता निश्चल खड्कासँग देखिँदैछिन्, भने ह्यारीकी प्यारीमा हास्य कलाकार जीतु नेपालसँग देखिँदैछिन् । त्यसैले पनि साम्राज्ञी आफूलाई स्टार नायकले बनाएको भन्दापनि आफूले स्टार नायक बनाएको तर्क गर्छिन् । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को प्रदर्शन समय प्रचार प्रसारका लागि पोखरा पुगेकी उनले आफूले स्टार जन्माएको धारणा राखेकी थिइन् ।
तर, मंगलबार फिल्म ‘तिम्रो मेरो साथ’ को पत्रकार सम्मेलनमा भने उनले यो कुरो बोलेको थिएँ र भन्दै आनाकानी गरिन् । कार्यक्रममा पत्रकारले उनलाई स्टार जन्माएको विषय बोलेको कुरा स्मरण गराएका थिए । तर उनले आफूले १६–१७ वर्षको उमेरमा के के बोलेको भन्दै त्यो कुरा नै बिर्सिएको बताइन् । उनले भनिन्, ‘मैले त्यत्रो त्यो कुरा गरेँ र रु ओहो त्यो बेलामा म सानै थिएँ । यसैले के के भनेँ होला । तर, अहिले मलाई यो कुरा यादै छैन ।’
फिल्म ‘तिम्रो मेरो साथ’ ले दर्शकको मन जित्ने विश्वास रहेको उनले कार्यक्रममा बताइन् ।
