अर्जेन्टिनालाई फिफा विश्वकप जिताएपची विश्वभर लियोनेल मेसीको चर्चा चलिरहेको छ ।
मेसीले अर्जेन्टिनालाई विश्वकप जिताउने क्रममा मैदानमा थुप्रै किर्तिमान आफ्नो नाममा गरेका छन् । तर, अहिले उनले मैदान बाहिर पनि धेरै कीर्तिमान बनाएका छन् । वास्तवमा, सोमबार विश्वकप जितेपछि मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा ट्रफीसहितको फोटो पोस्ट गरेका थिए ।
यसमा ५ करोड ३५ लाखभन्दा बढी लाइक आएका छन् । उनी एउटै इन्स्टाग्राम पोस्टमा सबैभन्दा धेरै लाइक पाउने खेलाडी बनेका छन् । यस मामिलामा मेसीले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् ।
रोनाल्डोले विश्वकप सुरु हुनुअघि मेसीसँग चेस खेलेको तस्विर पोस्ट गरेका थिए । जसमा ४२ मिलियन (४ करोड) भन्दा बढी लाइक आएको थियो । त्यसपछि उनले विश्व कीर्तिमान आफ्नो नाममा बनाएका थिए । तर, मेसी त्योभन्दा अगाडि पुगेका छन् ।
तर फलोअरको कुरा गर्दा रोनाल्डो अहिले पनि इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् । उनका अहिले इन्स्टाग्राममा ५१९ मिलियन फलोअर रहेका छन् । जबकी मेसीका इन्स्टाग्राममा ४०१ मिलियन फलोअर रहेका छन् ।
मेसीले पोस्टको क्याप्सनमा लेखेका थिए( सम्पूर्ण विश्वका च्याम्पियन्स । मैले कति पटक यस्तो सपना देखेको थिएँ । म विश्वास गर्न सक्दिन मेरो परिवारलाई धेरै धेरै धन्यवाद, मलाई समर्थन गर्ने र हामीलाई विश्वास गर्ने सबैलाई ।
हामीले फेरि एकपटक प्रमाणित गरेका छौं कि जब अर्जेन्टिनाहरू सँगै लड्छन् र एकजुट हुन्छन्, हामी हाम्रो लक्ष्य हासिल गर्न सक्षम हुन्छौं । योग्यता यस समूहको हो, जो व्यक्ति भन्दा माथि छ । यो सपना जुन हाम्रो र सबै अर्जेन्टिनावासीहरूको थियो, हामीलाई लड्ने शक्ति दियो हामीले यो गर्यौं जाऔं अर्जेन्टिना हामी छिट्टै एक अर्कालाई भेट्न जाँदैछौं ।
