नेकपा (एकीकृत समाजवादी)का नेता एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।
आज बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा नेता आलेकी आमा गङ्गादेवी आलेको ७८ वर्षको उमेरमा निधन भएको छ ।
गत मङ्सिर ११ गते उनलाई डोटीबाट उच्च रक्तचापका कारण काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो ।
