राष्ट्रपतिले दिइन् सरकार गठनका लागि ७ दिनको समय

३ पुष २०७९, आईतवार १७:०७

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् ।

उनले संविधानको धारा ७६ (२) अनुसार आइतबार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।

संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।