नेपाल फाइनान्सको संस्थापक शेयर विक्रीमा

३ पुष २०७९, आईतवार १५:३८

नेपाल फाइनान्स लिमिटेडले कम्पनीको संस्थापक शेयर विक्री गर्ने भएको छ ।

आफ्नो नाममा रहेको ८ हजार भन्दा बढी कित्ता शेयर बिक्रिको लागि कम्पनीका शेयरधनी नरेश कुमार श्रेष्ठले निवेदन दिएपछि संस्थाले शेयर बिक्रि गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले प्रतिकित्ताको मुल्य समेत उल्लेख गरी संस्थाको शेयर रजिष्ट्रार, प्रभु क्यापिटल लिमिटेड तथा केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आईपुग्ने गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।

उक्त म्याद भित्रमा विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नआएमा अन्य ब्यक्ति वा संस्थालाई बिक्रिगरिने कम्पनीले जनाएको छ ।