प्रचण्डलाई भेट्न खुमलटार पुगे श्रेष्ठ

१ पुष २०७९, शुक्रबार १३:०६

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न श्रेष्ठ खुमलटार पुगेका थिए।

सरकार गठननिम्ति अर्को हप्ताको शुरुमै शीतल निवासबाट आह्वान हुन लागेको बेला पार्टी अध्यक्ष प्रचण्डसंग आगामी समीकरणबारे छलफल गर्न श्रेष्ठ खुमलटार पुगेका हुन्। केही बेरअघि खुमलटार छिरेका नेता श्रेष्ठ र प्रचण्डबीच भेटवार्ता भइरहेको छ ।

यस्तै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच झण्डै एक घण्टा लामो छलफल भएको छ । बिहान १० बजेर ५ मीनेटमा बालुवाटार छिरेका गृहमन्त्री खाँण ११ बजे निस्किकेका थिए ।