सुनचाँदीको मूल्य नेपाली बजारमा शुक्रबार पनि घटेको छ । सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँले आज पनि सुनचाँदीको मूल्य घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । बिहीबार सुन प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
