नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको आज बसेको सञ्चालक समितिको बैठकले निर्णयअनुसार सेयरधनीहरूलाई २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको वित्तीय विवरणअनुसार चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रूपैयाँको २ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने जनाएको छ । यस्तै, १० प्रतिशतका दरले हुन आउने नगद लाभांश समेत वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव छ ।
सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि वितरण हुनेछ ।
