गायिका राउतले अमेरिकामा गीत गाउन पाइनिन्

२९ मंसिर २०७९, बिहीबार १५:४२

सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।

उनी अमेरिकाको Lancater मा आयोजना हुन गईरहेको United Home Car Services LLC  द्वारा आयोजित New Yew  Musical Night 2023 समारोहमा भाग लिन अमेरिका पुगेकी थिइन् ।

गायिका राउतका अनुसार पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अध्यागमनले नेपाल फिर्ता पठाइदिएको हो ।

कन्सर्टमा सहभागी हुन नपाएपछि गायिका राउतले दुःख व्यक्त गरेकी छिन् । समय र परिस्थितले जुराएमा अर्को सांगितिक कार्यक्रममा भेट हुने विश्वास व्यक्त गर्दै उनले आयोजक टिमलाई धन्यवाद दिएकी छिन् ।