एनएमबि बैंकले लाभांश पारित गर्न प्रमुख प्रस्तावसहित पुस २५ गते साधारणसभा आव्हान गरेको छ ।
गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीका लागि प्रस्ताव गरेको ८ं २५ प्रतिशत लाभांश पारितसंगै अन्य प्रस्तावसहित साधारणसभा बोलाएको हो ।
आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र गत आर्थिक वर्षको नाफा–नोक्सान हिसावकिताब तथा नगद प्रवाह वितरण लगायतका वार्षिक वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव उक्त सभामा बैंकले पेश गर्ने छ ।
त्यस्तै, बैंकको नियमावलीको नियम ३२ उपनियम १ को ख को (१) मा संसोधन गर्ने, अन्य कुनै पनि बैक तथा वित्तीय संस्थासंग मजर्र वा एक्विसिन प्रक्रियमा जानु परेमा सम्पर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्ड विशेष प्रस्तावका रुपमा सभामा पेश गरिने बैंले बतएको छ ।
एनएमबी बैंकको साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते. बुक क्लोज गर्ने भएको छ । पुस १० गते सम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने र लाभांश पाउन सक्नेछन् ।
