४४ वर्ष पछि सम्पर्कमा ल्यायो मालारानी मन्दिरको शक्तिले

२७ मंसिर २०७९, मंगलवार १८:३०

मालारानी मन्दिरका संस्थापक द्वय,स्व.सुवेदार जितमान (काउछा) राना मगर र स्व.सुवेदार चन्द्रलाल (काउछा) राना मगरको स्मृतिमा दुई भाइका २० जना नातीहरु द्वारा प्रवेश द्वार निर्माण गरिएको छ ।

नातीहरु द्वारा मालारानी मन्दिरको प्रवेशद्वार उदघाटन गर्ने भन्ने मिति तय गरिसके पछि नै २० जना नातिहरु मध्येको जेस्ठ नाति दिल बहादुर )काउछा) राना मगर घर खोज्दै आएका थिए ।

उक्त मन्दिरको प्रवेशद्वार मन्दिरका संस्थापक स्वचन्द्रलाल काउछा राना मगरका धर्म पत्नी ९५ बर्सिय पुनिकला राना मगरले र प्रमुख अतिथी मालारानी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले रिवन काटेर कार्यक्रम उदघाटन गरेका थिए ।

सो कार्यक्रममा अध्यक्षता मन्दिर व्यवस्थापन समितीका अध्यक्ष रेम बहादुर राना मगरले गरेका थिए । कार्यक्रममा ९५ बर्सिय पुनिकला राना मगर, स्व.जितमान राना मगर र स्व.चन्द्रलाल राना मगरको जेष्ठ नाति द्वय दिल बहादुर राना मगर र पदम बहादुर राना मगरलाई मन्दिर व्यवस्थापनको तर्फबाट सम्मान गरिएको थियो ।

रोजगारीको सिलसिलामा ४४ वर्ष सम्म सम्पर्क विहिन रहनु भएका काउले खलककै २० जना नातीहरु मध्ये सबै भन्दा जेष्ठ नाति ४४ बर्स पछि घर फर्किएर आउनु भएका दिल बहादुर राना मगरलाई ९५ बर्सिय हजुरआमाद्वारा खादा लाएर घरमा स्वागत पनि गरिएको थियो ।

निर्माण कर्ताको तर्फदेखी प्रवेश द्वार निर्माण गर्ने ठेकेदार इन्द्र बहादुर काउछा मगर, अनवरत सहयोग गर्ने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष लोक बहादुर बस्नेत र स्थानीय दिल बहादुर थापा मगरलाई पनि सम्मान गरिएको थियो ।

उक्त मन्दिरको प्रवेश द्वार निर्माण सुरुवात देखि उदघाटन सम्पन्न सम्म नातीहरु तर्फबाट नेतृत्व इन्डियन (ex-army ) सुवेदार सुर्य बहादुर राना मगरले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका अर्घाखाँची जिल्ला अध्यक्ष अशोक खनाल, पालिका प्रवक्ता तुल्सिराम मिश्र, मन्दिर व्यवस्थापन समितीका सचिव खुबिराम घिमिरे, नेपाल सरकारका उप–सचिव खिम बहादुर राना मगरले मन्तव्य राखेका थिए । यस्तै इन्डियन (ex-army ) अनेरी क्याप्टेन नीर बहादुर राना मगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन राजेन्द्र राना मगरले गरेका थिए ।

मन्दिरको व्यवस्थापनमा काउले खलकको महत्वपूर्ण योगदान रहदै आएको छ । छोराहरुको तर्फबाट पनि २०७१ सालमा लगभग ५ लाख बराबरको संरचना छोराहरुले निर्माण गरेका थिए । त्यस पछि पालो नाति हरुको प्रवेश द्वार बनाउने थियो जो सम्पन्न भएको छ । सबै नातीहरु भन्छन हजुरबुवाले स्थपना गरेको मन्दिरलाई हामिले व्यवस्थित तवरले लैजानु हाम्रो दायित्व हो ।

प्रवेश द्वार निर्माण गर्ने अभियानले सबै नातीहरुमा आपसी भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाएको देश तथा बिदेशको विभिन्न स्थानमा छरिएर बसेका सबैलाई एकैठाउमा केन्द्रित गरेको छ । साथै सामाजिक छेत्रमा टेवा पुर्याउनको लागि उर्जा पनि थपेको छ ।

पर्यटनको दृस्ठिकोणले पनि मनोरम सुन्दरताले भरिपुर्ण मालारानी छेत्र समुन्द्री किनाराबाट करिव २१०० मिटर उचाइमा रहेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन बिकास महत्वको निकै सम्भावना बोकेको मालारानी बाट मनोरम हिम शृङ्खलाहरुको दृश्यालोकन गर्न सकिन्छ ।