नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से १६.९६ अंकले बढेर १९०२.२७ विन्दुमा अडिएको छ।
सेन्सेटिभ इण्डेक्स ५.५७ अंकले वृद्धि भएको छ। आज २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँमा खरिदबिक्री भयो। २२ हजार ९९३ पटक सेयर कारोबार भयो।
सेयर कारोबार आइतबारको तुलनामा बढेको छ। आइतबार १ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। सुमित लघुवित्त वित्तीय र सीवाईसी लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
